2024-10-21
मोरङको प्रमुखमा पुनः एसपी नारायण चिमरियालाई काज सरुवा गर्ने निर्णय
(नेपाल क्राईम) जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखमा पुनः एसपी नारायण चिमरियालाई काज सरुवा गर्ने निर्णय गरिएको छ । कार्तिक २ मा प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक राजन लिम्बुलाई पठाउने निर्णय गरेको थियो । तर, ३ दिनमै सो निर्णय रद्द गरेर चिमरियालाई काज सरुवा गर्ने निर्णय गरिएको छ ।
आइतबार काज सरुवा भएका चिमरिया प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा स्थानीय हुन् । उनी पनि प्रहरी भित्र एमालेप्रति उदार अधिकृत मानिन्छन् ।