पत्रकार महासंघको चुनाव १२ गते नहुने

(Nepal Crime)

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन फेरि पनि स्थगित भएको छ । असोज १२ गतेका लागि चुनावको मिति तोकिएको निर्वाचन हुन नसक्ने भएपछि निर्वाचन स्थगित भएको हो ।

तेस्रो पटकसम्म तोकिएको मितिमा महासंघको निर्वाचन हुन नसकेका बेला महासंघका अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट नेतृत्वको टिमले असोज १२ को मिति तोकेको थियो । तर चुनाव रोकिएको छ । महासंघका ५६ जिल्ला शाखाका अध्यक्षले असोज १२ गतेका लागि तोकिएको महासंघको निर्वाचन स्थगित गर्नुपर्ने र प्रदेश तथा जिल्ला अध्यक्षको भेला बोलाउनुपर्ने भन्दै संयुक्त रुपमा विज्ञप्ती जारी दबाब दिएपछि महासंघ तोकिएको मितिमा निर्वाचन गर्न असफल भएको हो । असोज १२ गतेका लागि निर्वाचन तय भएर पनि निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको थियो भने मतदाता नामावली समेत सार्वजनिक भइसकेको थियो । तर आज पत्रकार महासंघ र पत्रकार अरु पेशागत संगठनसँगठनबीचको छलफलमा महासंघका पदाधिकारीले  प्रदेश तथा जिल्ला अध्यक्षको भेला बोलाउने बताएका छन् । दशैं, तिहार र छठ सकेर भेला बोलाउने तयारी भैरहेको बताइएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *