2024-10-20
रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति
(नेपाल क्राईम)
जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
कास्की जिल्ला अदालतले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको अदालत स्रोतले जानकारी दिएको छ ।