राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जारी जिल्ला अधिवेशनहरू स्थगित
(नेपाल क्राईम) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जारी जिल्ला अधिवेशनहरू स्थगित गरेको छ ।
सभापती रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा छानबिनका लागि पक्राउ परेपछि पूर्वनिर्धारित सबै अधिवेशनहरु स्थगन गरिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपाद्वारा जारी सर्कुलरमा विकसित राजनीतिक घटनाक्रमका कारण तत्कालका लागि अधिवेशन स्थगित गर्न भनिएको छ । यस्तै सभापतिको प्रक्राउविरुद्ध ७७ वटै जिल्लामा सदरमुकाम केन्द्रित विरोध कार्यक्रम गर्न निर्देशन दिइएको छ ।
कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले राजनीतिक प्रतिशोध साँधेर सरकारले दोषीलाई च्याप्ने र निर्दोषलाई न्याक्ने गरी अराजनीतिक कदम चालेको विरोधमा शनिबार देशैभर जिल्ला सदरमुकाम केन्द्रित कार्यक्रम आयोजना गर्न निर्देशन जारी गरिएको बताए ।