दुई लाख नेपाली नेपालगन्ज नाकाबाट घर फर्किए
(रिशव वैश्य / निल जैसवाल ) रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख बढी नेपाली दसैँ मनाउन नेपालगन्जस्थित जमुनाह नाकाबाट घर फर्किएका छन् । भारतमा रहेका नेपाली दसैँ नजकिएसँगै घर फर्किने क्रम सुरु भएको थियो । यही असोज १ देखि २२ गतेसम्म २२ दिनमा दुई लाख ३५ हजार ५५६ नेपाली जमुनाह नाका हुँदै दसैँ मनाउन घर फर्किएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले बताए । भारतबाट रोजगारी गरेर घर फर्कने नेपालीको जमुनाह नाकामा प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको छ, अहिले भारत जानेभन्दा आउनेको भिडभाड बढी छ”, बुढाथोकीले भने, “सोह्रश्राद सुरु भएयता भारतमा काम गर्ने नेपाली घर फर्किनेको संख्या बढेको छ । बिहान ७ बजेदेखि ११ बजेसम्म जुमनाह नाकामा घर फर्किने नेपालीको भिडभाड हुने गरेको छ ।”