2024-10-08
भारत सरकारद्वारा बाढीपीडितलाई आवश्यक सामग्री हस्तान्तरण
(महेन्द्र सिंह ) बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाढीपीडितलाई आवश्यक सामग्री हस्तान्तरण गरेका छन् ।भारु एक करोड १८ लाख ५१ हजार २० बराबरको सामग्री प्रजिअ रिजालसमक्ष नेपालगञ्ज विमानस्थल परिसरमा रहेको ‘मानवीय सहायतस्थल’मा हस्तान्तरण गरिएको थियो । सो अवसरमा प्रजिअ रिजालले भारत सरकारलाई धन्यवाद दिए ।