१२ जिल्लाका अधिकारी परिवर्तन

(Nepal Crime)                                                            गृह मन्त्रालयले ३६ जना उपसचिवको सरुवा गरेको छ । यस्तै १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र १२ जना सहायक प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको छ ।दाङमा कृष्ण प्रसाद लम्साल, रामेछाप राजु प्रसाद पौडेल, डोल्पामा रोम बहादुर महत, बझाङ ओम प्रसाद भट्टराई, बाजुरा मेघनाथ पाध्यय, मनाङमा मातृका आचार्यलाई सीडीओका रुपमा पठाएको छ ।मुगुमा कमल प्रसाद पाण्डे, रुकुम पूर्वमा रुद्र प्रसाद न्यौपाने, दैलेखमा नवराज जैशी, हुम्लामा नारायण पाण्डे, मुस्ताङमा विष्णु प्रसाद भुसाल र रसुवामा अर्जुन पौडेल सीडीओका रुपमा गएका छन् ।१२ जना सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरेको छ ।तनहुँमा जीतबहादुर भण्डारी, अर्घाखाँचीमा लालबहादुर गुरुङ, पर्सामा सुमनकुमार कार्की, जाजरकोटमा बन्दना केसी, मकवानपुरमा धोलकराज ढकाल, सुनसरीमा लोकमान श्रेष्ठ र सल्यानमा ज्ञाननाथ ढकाल मोरङमा विनोदकुमार पोखरेल, सुर्खेतमा टोपेन्द्रबहादुर केसी, गोरखामा सुवासकुमार लामिछाने, ओखलढुंगामा वेदनिधि खनाल, बाँकेमा खडानन्द खत्री सहायक सीडीयोका रुपमा गएका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *