2024-10-04
दाङमा एक १९ वर्षीय युवती सामुहिक बलात्कृत
(नेपाल क्राईम)
दाङमा एक १९ वर्षीय युवती सामुहिक बलात्कृत भएकी छन् । बिहीबार गढवा गाउपालिका ५ मंघरस्थित होमपाइप बनाउने कम्पनीको खालि घरमा बोलाएर ती युवतीलाई चार जनाले पालैपाले जबर्जस्ती करणी गरेका हुन् ।
ती युवतीलाई सोही ठाउँका १९ वर्षीय किरण चौधरीले फोन गरी विवाह गर्ने प्रलोभन देखाएर बोलाएका थिए । किरणले बोलाएपछि गएकी युवतीलाई उनीसहित चारजनाले बलात्कार गरेको दाङका प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले जानकारी दिए ।