2025-04-15
सुनसरीमा गए राति गाँजा तस्करी गर्ने समूहले गोली चलाए
(नेपाल क्राईम)
सुनसरीमा गए राति गाँजा तस्करी गर्ने समूहले गोली चलाएको खुलेको छ।
सोमबार बेलुकी करिब साढे ८ बजेतिर देवानगन्ज गाउँपालिका-७ मा तीन राउण्ड गोली चलेको थियो।
मोटरसाइकल चढेर जाँदै गरेका दुई जनामाथि गोली प्रहार भएको हो।
गोली लागेर सोही पालिकाका शिवकुमार मेहता र रविनकुमार यादव घाइते भए।
शिवकुमारको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। रविनकुमार सामान्य रहेकाले प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।