2025-04-15
त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल प्रमाणपत्र अनलाइनमार्फत दिने
(नेपाल क्राईम)
त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल प्रमाणपत्र अनलाइनमार्फत दिने भएको छ ।
टीयुले सूचना जारी गर्दै परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा प्रदान गरिने सेवाहरूको लागि सेवाग्राहीले परीक्षा नियन्त्रण कार्यालयमै उपस्थित हुनैपर्ने अवस्थाको अन्त्य गर्दै आजबाट अनलाइन सेवालाई निरन्तरता दिएको हो ।त्रिभुवन विश्वविद्यालयले यसअघि २०८० माघ १५ देखि प्रमाणपत्रको फाराम अनलाइनबाट भर्न मिल्ने सुविधा सुरु गरेको थियो