2025-04-15
मधेस प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा
(नेपाल क्राईम)
मधेस प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । जुडशीतल पर्वको अवसरमा सरकारले मंगलवार सार्वजनिक बिदा दिइएको हो ।
प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचनामार्फत मधेस प्रदेशमा २०८२ सालमा दिइने थप बिदा सम्बन्धी प्रदेश राजपत्र बमोजिम २०८२ साल वैशाख २ गते मंगलवारका दिन जुडशीतल र सिरुवा पर्व परेकोले सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरेको छ ।