2025-04-15
सशस्त्र प्रहरीमा एआइजीका तीन प्रतिस्पर्धी
(नेपाल क्राईम)
सशस्त्र प्रहरी नियमावली नै संशोधन गर्न लागिपरेका सशस्त्र प्रहरीका एआइजी चन्द्रप्रकाश गौतम उर्फ सीपी गौतम अन्नतः आजबाट (वैशाख ३ गतेबाट) अनिवार्य अवकाशमा गएका छन् । ३० वर्षे सेवा अवधिका कारण उनी आजबाट अनिवार्य अवकाशमा गएका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीसँग राम्रो सम्बन्ध रहेको भन्दै आइतबार साँझसम्म नियमावली परिवर्तन गर्न दौडधुप गरेका एआइजी गौतम विगत एक महिनादेखिनै मुख्यालयमा हाजिर गरेर बाहिरिने गरेका थिए । तर कुनै एक व्यक्तिका लागि नियमावली परिवर्तन नहुने भन्दै गृहमन्त्रीले नमानेपछि उनी घर जान बाध्य भएका हुन् ।उनको अवकाशसँगै सशस्त्र प्रहरीमा एक एआइजी रिक्त हुन लागेपछि तीन डिआइजीको बढुवा प्रतिस्पर्धा शुरु भएको छ । सो पदमा डिआइजीहरु कमल गिरी, गणेश ठाडामगर र कुलबहादुर नेम्वाङबीच प्रतिस्पर्धा शुरु भएको हो ।