2025-04-14
सुनसरीमा गोली चल्यो
(नेपाल क्राईम)
सुनसरी सीमावर्ती क्षेत्र रहेको देवानगञ्ज गाउँपालिका वडा नं २ मा गोली चलेको छ । यादव टोलदेखि पश्चिम रासी जाने बाटोमा सोमबार साँझ गोली चलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता दिनेश अधिकारीका अनुसार उक्त घटनामा एक जना घाइते भएका छन्। घाइतेको परिचय खुलिनसकेको उनले बताए।