2025-04-14
अमेरिकी नागरिकलाई सरकारले देश निकाला गर्ने निर्णय साहित नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध
(नेपाल क्राईम)
राजसंस्थाका पक्षमा नाराबाजी गर्ने क्रममा पक्राउ परेका अमेरिकी नागरिकलाई सरकारले देश निकाला गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउने गरी निष्कासन (डीपोर्ट) गर्ने निर्णय गरेको हो ।स्रोतका अनुसार नेपालको राजनीतिक गतिविधिमा संलग्न भएको भेटिएपछि किर्पालविरुद्ध प्रतिबन्धसहितिको डीपोर्ट गर्ने निर्णय गरिएको हो । विदेशी नागरिक भएर राजनीतिक गतिविधिमा संलग्न भएको भेटिएको हो । उनले पक्राउ पर्दा पनि राजसंस्थाको पक्षमा नाराबाजी गरेका थिए ।