2025-04-14
कपिलवस्तुमा भरूवा बन्दुक पड्केर एकको मृत्यु
(नेपाल क्राईम)
कपिलवस्तुमा भरूवा बन्दुक पड्केर लाग्दा एक जनाको मृत्यु भएको छ।
दुईजना साथीसँग जंगलमा शिकार खेल्न गएका बुद्धभुमी नगरपालिका वडा नं. ९ गब्दहवाका २८ वर्षीय समुन्द्र गाहा मगरको बन्दुक पड्किएर लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार साथीहरुसँग शिकार खेल्न जंगल गएका समुन्द्रलाई साथीले लगेको बन्दुक पड्किएर छर्राले लाग्दा मृत्यु भएको हो।