बिरगंज भन्सारमा सर्वसाधारणकाे सामान लुट तस्करहरु लाई छुट
(नेपाल क्राईम)
नेपाल र भारतको मुख्य प्रवेश द्वार बिरगंज भन्सार कार्यालय अगाडि तालिम प्राप्त कुकुर ल्याइ चेक जाँच गर्ने एक बहाना मात्र हो। आम सर्व साधारण लाई दुःख दिने र सेटिङ भएका मानीस लाई देख्दा पनि न देखेको झै गर्ने शस्त्र प्रहरी काे नौलो विषय होईन। चाइनिज लहसुनको तस्करी नेपालबाट भारततर्फ शसस्त्र प्रहरी कै सेटिङमा तस्करी तीव्र रुपमा भइरहेको प्रष्ट देखिन्छ। अाम सर्व साधारणलाई सास्ती तस्कर र शसस्त्र प्रहरी लाई मस्ती। भन्ने नारा मात्र नभई पर्सा बीरगञ्जकोे मिनाबजारबाट स्थानीय तस्करहरूले चाइनिज लसुन खरिद गरी शस्त्र प्रहरीकै मिलोमतोमा बिरगंज भन्सार कार्यालय काे अगाडि बाटै शंकराचार्य गेट हुँदै रक्सौल सम्म चाइनिज लहसुन पुर्याउन सफल गर्छन् ।तस्करहरु भने पैसा काे बलमा अवैध रुपमा तस्करी गरिरहेका छन् ।तस्करहरु र प्रहरीहरूको सम्बन्ध यस्तो मजबुत भएर गएको छ। कि तस्करहरूलाई प्रहरीको कुनै डर नभई दिनभर अटो मार्फत् पचासौ अटो अटो मार्फत लहसुनको तस्करी गरिरहेको यो भिडियोले प्रष्ट पारिरहेको छ । यता शस्त्र प्रहरी संगठनका प्रमुखहरु को नजर मा राम्रो काम गर्दैछन। भनि शस्त्र प्रहरी बल प्रधान कार्यालय ले विश्वास गरी ६ महिना थप गर्दा यता शस्त्र प्रहरी बल गुल्मका गुल्मपति भन्सारका डीएसपी सुरज रीजाल भने पैसाकाे प्रलोभनमा परी प्रमुखहरु को आँखा छल्दै पैसा कमाउ धन्दा तीर लागी सकेका छन्। शस्त्र प्रहरी बल गुल्मका गुल्मपति सुरज रिजाल यही ६ महिना काे फाईदा उठाउन सुरु गरीसकेका छन्। यस सम्बन्धित निकाय काे ध्यानाकर्षण होस। यस्ता गतिविधि तुरन्तै रोकियोस।(रास्स)