2024-09-29
सप्तकोशी ब्यारेजबाट आवत–जावतमा लगाइएको प्रतिबन्ध आइतबार साँझदेखि हटाइएको छ
(नेपाल क्राईम) पानीको बहाव उच्च हुँदै गएपछि शनिबार साँझदेखि सप्तकोशी ब्यारेजबाट आवत–जावतमा लगाइएको प्रतिबन्ध आइतबार साँझदेखि हटाइएको छ । ब्यारेजका ५६ ओटै ढोका खोलिएको भएपनि पानीको बहाव ६ लाख क्यूसेकभन्दा बढी भएपछि ब्यारेजबाट आवत–जावत गर्न शनिबार बेलुका ४ बजेदेखि अनिश्चित कालका लागि बन्द गरिएको थियो ।