2024-09-18
चरेससहित भारतीय नागरिक पक्राउ
(Nepal crime) प्रहरीले वीरगञ्जबाट लागुऔषध चरेससहित भारतको उत्तर प्रदेश कुडोल फतेहावादका गोपाल गिरीलाई पक्राउ गरेको छ ।विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा गरीले बोकेको प्लाष्टिकको झोलामा करिब तीन किलोग्राम चरेस फेला परेको थियो । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।