2024-09-28
बसको आधा भाग खाल्टोमा
(नेपाल क्राईम ) ललितपुरको हात्तीवनमा सडक भासिँदा एक यात्रुवाहक बसको आधा भाग खाल्टोमा छिरेको छ । निरन्तर परेको पानीका कारण सडक कमजोर बनेपछि सडक भासिएको अनुमान गरिएको छ । घटनास्थलमा उद्धारको काम सुरु गर्दै बसलाई सुरक्षित रूपमा निकाल्ने प्रयास जारी छ । सो दुर्घटनामा मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन ।