2024-09-27
कुलेश्वर क्षेत्र डुबानमा
अविरल वर्षाका कारण राजधानीको कुलेश्वर क्षेत्र डुबानमा परेको छ। सडक जलमग्न भएका छन् भने कतिपय घरहरूमा समेत पानी पसेका छन् । नदी आसपासको क्षेत्र भएको र ढल निकासको उचित व्यवस्था नहुँदा सो क्षेत्र डुबानको चपेटामा परेको हो ।