2024-09-27
घुस प्रकरण: दुई प्रहरी पक्राउ
(नेपाल क्राईम)
क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरी ५० लाख रुपैयाँ असुलिएको घटनामा संलग्न जिल्ला प्रहरी परिसर, काठमाडौंका दुई प्रहरी पक्राउ परेका छन्।
हवल्दार गणेश खड्का र जवान साजन शर्मा चपाईलाई परिसरले थुनामा राखी मुद्दा अघि बढाएको छ।