2024-09-24
दाङमा चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालनमा
(नेपाल क्राईम ) दाङमा चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको छ ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुर र साल्ट्रेडिङ कर्पोरेसन घोराहीले सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् । यस वर्ष चामल, नुन र चिनी बिक्रीका लागि राखिएको साल्ट ट्रेडिङ कर्पोरेसन घोराहीले जनाएको छ ।
चाडपर्व लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेपछि स्थानीय उपभोक्ता खुसी भएका छन् ।
सङ्घीय सरकारको निर्णयअनुसार दाङमा यही असोज ७ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो ।