वायुसेवा निगमका कर्मचारीलाई अनावश्यक बिदा बस्न रोक

(Nepal crime)                                                      नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आगामी दसैँ, तिहार र छठ पर्वमा  नेपाल वायुसेवा निगमका जहाजहरूमार्फत नियमित उडानहरू सुचारु राख्न कार्ययोजना पेस गर्न निर्देशन दिएका छन् । यसका लागि २४ घण्टाभित्र ६० दिने कार्ययोजना पेस गर्न भनिएको छ ।अधिकारीले निगमका नायव महाप्रबन्धक(प्रा.), इन्जिनियरिङ मेन्टेनेन्स विभाग, कन्टिन्युइङ्ग एयरवर्दिनेस विभाग, क्वालिटी एस्योरेन्स विभाग र बजार व्यवस्थापन विभागका विभागीय प्रमुखहरूलाई मंगलबार बोलाएर सो निर्देशन दिएका हुन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *