तस्करीले बदनाम बाँकेको बागेश्वरी गण
(बाँके ) तस्करीमा बाँके जिल्ला अग्रपंक्तिमा रहेको सूचना सशस्त्र प्रहरी मुख्यालयलाई पुग्दा पनि कुनै कारबाही हुन सकेको छैन । नेपालगन्जस्थित जमुनाह नाका ‘क्यारिङ’ नाकाका रुपमा विकसित हुँदै जाँदा त्यसको सोझो प्रभाव राजस्व संकलनमा परेको अवस्थामा सशस्त्र प्रहरी मुख्यालय चुपचाप बसेको छ । जसका कारण चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनभन्दा भदौमा राजस्व संकलन घटेको छ ।नेपालगन्जमा भारतीय सामानको आयात बढ्दा पनि राजस्व संकलनमा लक्ष्य हासिल गर्न नसक्नुको कारण जमुनाह नाका ‘क्यारिङ’ मा परिणत हुनु हो । त्यहाँ सशस्त्र प्रहरीका एसपी विमल डाँगीले आफूलाई कसैले पनि केही गर्न नसक्ने भन्दै खुला छाडिदिएका छन् ।खुला सिमानाका कारण सशस्त्र प्रहरी र भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा तस्करले दैनिक ठूलो परिणाममा सामान नेपाल भित्र्याउने गरेका छन् । जसका कारण भन्सार कार्यालयले आफ्नो लक्ष्य भेटाउन सकेको छैन । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा एक अर्ब ५० करोड ३८ लाख ३४ हजार राजस्व संकलन गरेको भन्सार कार्यालयले भदौमा भने सोही बराबर पनि राजस्व संकलन गर्न सकेन ।नेपालगन्ज भन्सार कार्यालयका अनुसार भदौमा एक अर्ब ४९ करोड पाँच लाख २० हजार रुपैयाँ राजस्व संकलन भएको छ । त्यहाँ खुला सीमाका कारण तस्करी मौलाउँदो छ । सीमा क्षेत्रमा प्रभावकारी रुपमा चेकजाँच नहुनले तस्करी मौलाएको स्रोतले जनाएको छ ।सशस्त्र प्रहरीका एसपी विमल डाँगी पुगेपछि नै यस्तो अवस्था आएको हो, शक्ति केन्द्रको आडमा आइजीपीलाई पनि गुमराहमा राखेर सीमा नाका खुला गराएका छन्’,! गत असार ११ गते नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरबाट भे १ ख ३३४८ नम्बरको ट्रकसहित ठूलो परिणाममा सामान बरामद भएको थियो । सशस्त्रको सेटिङमा भारतबाट भन्सार छलिपैठारी गरी ल्याएको करिब १७ लाख ५२ हजार बराबरको मालसामान बरामद भएको थियो । त्यसमा ६० बोरा चिनी, तीन सय पेटी स्वायबिन तेल, ५० पोका सुपर पावर सुर्ती थिए । तस्करी मौलाउँदै जाँदा राजस्व गुम्दै गएको छ । जसले केही एक व्यक्तिलाई फाइदा हुने र सरकारले नोक्सानी व्यहोर्नु परिरहेको छ ।सामान्य सर्वसाधारणले एक बोरा चामल ल्याउँदासमेत अनेक झन्झट व्यहोर्नु पर्ने अवस्थामा मिलेमतोबिना यति ठूलो परिणाममा ट्रकबाटै कसरी सामान ल्याउन सकिन्छ भन्ने प्रश्न उठेको छ । यति मात्र होइन, भन्सार छलेर नेपालगन्ज, कोहलपुर, खजुरा क्षेत्रमा पु¥याइएका सानाठूला परिणामका सामान बेलाबेला नेपाल प्रहरीले बरामद गछ, सीमामा बसेको सशस्त्रले यसलाई के हेरेर बसेको छ भनेर सशस्त्र मूख्यालयलाई प्रश्न गर्दा पनि एसपी डाँगी जोगिएका छन् ।तस्करीकै कारण दैनिक करोडभन्दा बढी राजस्व चुहावट भएको स्रोतको दावी छ ।बाँकेमा रहेका कटकुइँया, नरैनापुर, गंगापुर, , कालाबन्जार, जमुनाह, जयसपुर नाका रहेका छन् । एसपी डाँगीले आफ्ना घुमुवा मार्फत सबै नाकाबाट पालैपालो तस्करीका सामान छिराउन दिएको स्रोतको दावी छ ।(रास्स)