2025-01-09
१२ शाखा अधिकृतहरूलाई उपसचिव पदमा बढुवा
(नेपाल क्राईम)
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२ शाखा अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।
मन्त्रालयअन्तर्गतको बढुवा समितिले विभिन्न सेवा, समूह र श्रेणीका रिक्त पदमा १२ शाखा अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको हो ।कार्यसम्पादन मूल्यांकनद्वारा हुने नेपाल विविध सेवा, सूचना प्रविधि निर्देशक समूहतर्फ रिक्त उपसचिव पदमा ४ जना र नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूहतर्फ ८ जनालाई उपसचिवमा बढुवा गर्ने निर्णय भएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।