४ अधिकृत उपसचिवमा बढुवा

(नेपाल क्राईम)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ शाखा अधिकृतलाई उपसचिव बढुवाका लागि सिफारिस गरेको छ । मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै नेपाल वन सेवाका ४ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको जानकारी दिएको हो ।

बढुवा सिफारिस हुनेहरुमा महेन्द्र प्रसाद चौधरी, निर्मला फुयाल, राजु घिमिरे र ऋषि रानाभाट रहेका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *