सशस्त्र प्रहरीका चार प्रहरी नायब महानिरीक्षक डीआईजीको पदावधि थप

(नेपाल क्राईम)

सशस्त्र प्रहरीका चार प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदावधि थपिएको छ ।

आज (मंगलबार) साँझ बसेको मन्त्रिपरिषदको बैठकले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सिफारिस अनुसार मंगलबार  राति (पुस २३ गते) बाट चार वर्षे पदावधि पूरा गरी अवकास हुन लागेका डीआईजीहरुको एक वर्ष पदावधि थप्ने निर्णय गरेको हो ।

डीआईजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको कार्यकाल एक वर्ष लम्बिएसँगै यिनैमध्येबाट एक जनालाई आईजीपी बन्ने बाटो पनि खुलेको छ । गिरी सशस्त्र प्रहरी बल प्रशिक्षणको प्रमुख, ठाडामगर नम्बर ३ बाहिनी बागमती प्रमुख, नेम्वाङ नम्बर ४ बाहिनी गण्डकी प्रमुख र सुवेदी नम्बर १ बाहिनी कोशीका प्रमुख हुन्।

तीन वर्षपछि सशस्त्र प्रहरी बलको महानिरीक्षक बन्नेगरी आगामी वैशाखमा कमल गिरी र गणेश ठाडा मगरमध्ये एक जना एआईजीमा बढुवा हुनेछन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *