प्रहरीले सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ

(नेपाल क्राईम)

प्रहरीले सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका९१२ घर भएका २५ वर्षीय संजय तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भन्सार छली गरी लैजान लागेको करिब ६१ ग्राम तौल बराबरको सुनको ढिक्का एक थान र औठी एक थानसहित उनलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । एयर इन्डियाको उडानद्वारा दोहाबाट काठमाडौं आएका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट प्रहरीले पक्राउ गरेको हो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *