आइतबारबाट गोरखा–काठमाडौं एकीकरण पदयात्रा सुरु
(नेपाल क्राईम)
आइतबारबाट गोरखा–काठमाडौं एकीकरण पदयात्रा सुरु गरेको छ।
पृथ्वीनारायण शाहले बाइसे-चौबिसे राज्यलाई एकीकरण गर्दा प्रयोग गरेको पैदलमार्ग हुँदै आइतबार बिहान पदयात्रा सुरु भएको नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार नेपाली सेनाको ब्यान्ड बाजा, पन्चेबाजा बजाउँदै हनुमान चौताराबाट निस्केर टोली गोरखा दरबार, जोरपोखरी, ताप्ले अश्राङ हुँदै बोर्लाङको घाटबेँसी पुर्याइने उनले बताए। साँझ धादिङको टोलीलाई टर्च र झन्डा दिएर गोरखाको टोली गोरखा फिर्ता भएको छ।सेनाको पश्चिम पृतनाका पृतनापति माथवर सिंह कार्की र गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण रानाले एक कार्यक्रमकाबिच पृथ्वीनारायण शाहकालीन पोसाकमा सजिएका सेनालाई राष्ट्रिय झन्डा र टर्चसहित शाहले स्थापना गरेको पुरानो गोरख गण, बर्दबहादुर गण, सबुज गण, कालीबक्स गण र श्रीनाथ गणको झन्डा हस्तान्तरण गरेको रिपुमर्दन गण गोरखाले जनाएको छ।