स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले पाँच राउन्ड गोली चलायो

(नेपाल क्राईम)

सर्लाहीको रमानगर वडा नम्बर ५ बैजनाथमा गएराति स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले पाँच राउन्ड गोली चलाएको छ । मधेस प्रदेश प्रहरी प्रवक्ता एसपी सुवास बोहोराले दिएको जानकारीअनुसार उक्त स्थानमा प्रहरीले मापसे चेक गरिरहेको थियो ।

मापसेमा परेका युवाहरूले झगडा गर्न थालेपछि वडाध्यक्ष श्रीनन्दन यादवको नेतृत्वमा १५० जनाको टोली चौकी घेराउका लागि आइपुगेका थिए । इलाका प्रहरी कार्यालय गडहिया डुमरिया सर्लाहीका प्रमुख प्रहरी निरीक्षक उज्ववल कार्कीको कमान्डमा मापसे चेकिङ भइरहेको थियो ।

प्रहरीका अनुसार वडाध्यक्ष श्रीनन्दन राय पनि मादक पदार्थ सेवन गरेर आएका थिए । १५० जनाको टोलीले प्रहरीको गाडीमाथि आक्रमण गर्न थालेपछि पाँच राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *