दानबहादुर कार्कीले लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको जिम्मेवारी सम्हालेपछि शान्ति सुरक्षा, तस्करी नियन्त्रण र राजश्व संकलनमा जोड दिए
(नेपाल क्राईम)
नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको जिम्मेवारी सम्हालेपछि शान्ति सुरक्षा, तस्करी नियन्त्रण र राजश्व संकलनमा जोड दिएका छन् ।
डीआईजीपी कार्कीले लुम्बिनी प्रदेशका भारतसँग सिमाना जोडिएका जिल्लाहरूबाट हुने तस्करी नियन्त्रणमा माहतलाई निर्देशन दिएका छन् । कार्कीको निर्देशनपछि कपिलवस्तु, बाँके, रुपन्देही, बर्दिया, नवलपरासीका जिल्लामा तस्करी नियन्त्रण हुन थालेको छ ।
डीआईजीपी कार्कीले ४ दिन अगाडि लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रहरी प्रमुखलाई भिडियो कन्फ्रेन्समार्फत निर्देशन दिँदै शान्ति सुरक्षा र जनतासँग जोडिएको सेवालाई सर्वसुलभ रुपमा प्रदान गर्न निर्देशन दिएका थिए । उनले विशेष गरेर भारतसँग सिमाना जोडिएका जिल्लाबाट हुने तस्करी नियन्त्रणमा निर्देशन दिएका छन् । कार्कीले सडकमा सवारी साधन र यात्रुलाई प्रहरी कर्मचारीहरूबाट सास्ती दिने गरेको सूचना आफूसमक्ष आएको पनि बताएका छन् । कानूनअनुसार डिउटीमा खटिन र आफूलाई सुधार गर्न मातहतलाई कार्कीले सचेत गराएका छन् ।