प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले विभिन्न नाममा अनलाइन ठगी बढेको भन्दै सचेत रहन आग्रह

(नेपाल क्राईम)

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विभिन्न नाममा अनलाइन ठगी बढेको भन्दै सचेत रहन आग्रह गरेको छ।

सीआईबीले शुक्रबार सर्वसाधारणका लागि सूचना जारी गर्दै ठगिनबाट जोगिन आग्रह गरेको हाे ।

सामाजिक सञ्जालको दुरुपयोग गरी देशैभर ठगीका घटना बढेको सीआईबीले जनाएको छ।

ब्युरोले हाल विभिन्न ठगीका घटनाको अनुसन्धान गरिरहेको छ। ठगीका घटना बढेकाले अपरिचित व्यक्तिको फोन, म्यासेजको रिप्लाई नगर्न र सतर्कता अपनाउन आग्रह गरिएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए।

सामाजिक सञ्जालको दुरुपयोग गरी देशैभर ठगीका घटना बढेको सीआईबीले जनाएको छ। ब्युरोले हाल विभिन्न ठगीका घटनाको अनुसन्धान गरिरहेको छ। ठगीका घटना बढेकाले अपरिचित व्यक्तिको फोनको रिप्लाई नगर्न र सतर्कता अपनाउन आग्रह गरिएको बोगटीले बताए।

Add a Comment

Your email address will not be published. Required fields are marked *