१८ जना उपसचिवलाई सहसचिवमा र ५७ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस

(नेपाल क्राईम)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यसम्पादन मूल्याङ्कनका आधारमा १८ जना उपसचिवलाई सहसचिवमा र ५७ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ।

मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै योग्य कर्मचारीहरूको सूची सार्वजनिक गरेको हो। बढुवा सिफारिसमा परेका कर्मचारीहरूको छनोट कार्यसम्पादन, दक्षता, अनुभव, र अन्य मापदण्डका आधारमा गरिएको मन्त्रालयले जनाएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *