2025-01-02
गायक सचिन परियारको निधन
( नेपाल क्राईम) बालक गायक सचिन परियारको निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान करिब १० बजेतिर उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
सामाजिक सञ्जालमा भाइरल भएर चर्चामा आएका सचिनको स्वास्थ्यमा समस्या आएपछि एक साताअघि अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उपचार गरिएपनि उनको स्वास्थ्यमा सुधार आउन सकेन । उनी १३ वर्षका थिए । सचिनका बाबु तेजेन्द्र परियार ‘कलौटे)ले छोराको उपचारमा आर्थिक अभाव भएको बताउँदै आएका थिए । सचिनको शव अस्पतालबाट निकालिएको छैन । बाबु र परिवारका सदस्यहरु अस्पतालमा छन् ।