पेट्रोल र डिजेलको मूल्य बढ्यो

(नेपाल क्राईम)                                                          नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ बढाएको हो । नयाँ मूल्यअनुसार अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६३ रुपैयाँ पर्ने  छ । डिजेल प्रतिलिटर १ सय ५३ रुपैयाँ पर्नेछ । निगमले हवाई इन्धनको मूल्य भने घटाएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *