नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी भरतबहादुर बोहरा आज देखि अवकाशमा

(नेपाल क्राईम)

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) भरतबहादुर बोहरा अवकाशमा गएका छन्। प्रदेश समन्वय विभागका प्रमुखसमेत रहेका बोहरा आइतबारदेखि अनिवार्य अवकाशमा गएका हुन्।

नेपाल प्रहरीमा विद्यमान एआईजीको ५६ वर्षे उमेर हदका कारण बोहरा अवकाशप्राप्त भएका हुन्। २०५१ चैत ५ गते प्रहरी निरीक्षकबाट उनी प्रहरी सेवामा प्रवेश गरेका थिए।

उमेर हदका कारण ३० वर्षे सेवा अवधि पनि पूरा नहुँदै अवकाश हुँदा एआईजीका रूपमा उनले २ साता पनि काम गर्न पाएनन्। उनले एकसाता अघि मात्रै दर्ज्यानी चिह्न लगाएका थिए।

Add a Comment

Your email address will not be published. Required fields are marked *