2024-12-28
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बाँकेको नेपालगन्जस्थित निर्माणधीन विमानस्थलको निरीक्षण
(रिशव वैश्य/निल जैशवाल )बाँके
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बाँकेको नेपालगन्जस्थित निर्माणधीन विमानस्थलको निरीक्षण गरेका छन् ।
शनिबार अछामको कलम बजारको विमानस्थल परीक्षण उडानका क्रममा नेपालगन्ज पुगेका मन्त्री पाण्डेले उक्त विमानस्थलको समेत अवलोकन गरेका छन् । तीन अर्ब लागत रहेको नेपालगन्ज विमानस्थलको भवनको ०८२ पुस मसान्तभित्र सक्ने लक्ष्य रहेको छ।मुख्य निर्माण कम्पनीको रूपमा रहेको शर्मा एण्ड कम्पनीले विस ०७९ माघबाट निर्माण कार्य थालेको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर विमल पौडेलले जानकारी दिए ।