गैरकानूनी ढङ्गबाट गिट्टी, बालुवा उत्खननमा प्रयोग गरिएका एक डोजर (जेसीबी) र एक टिप्पर वन कार्यालयको नियन्त्रणमा

(नेपाल क्राईम)

सिरहाको गोलबजार नगरपालिका–१ स्थित गागन खोलाबाट गैरकानूनी ढङ्गबाट गिट्टी, बालुवा उत्खननमा प्रयोग गरिएका एक डोजर (जेसीबी) र एक टिप्पर वन कार्यालयले नियन्त्रणमा लिएको छ ।

मङ्गलबार चोहर्वास्थित सवडिभिजन वन कार्यालयको गस्ती टोलीले प्रदेश ३–०१–००३ क ६९२७ नम्बरको डोजर र प्रदेश २–०३–००१ क १९४८ नम्बरको टिपर नियन्त्रणमा लिएको वन कार्यालयका प्रमुख आविद हुसेनले जानकारी दिए ।

डिभिजन वन कार्यालय, लहानका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार विशेष सूचनाका आधारमा टोली खोलामा खटिएको थियो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *