प्रिमियर लिग (एनपीएल)मा सट्टे्बाजी गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ

(नेपाल क्राईम)

शनिबार मात्रै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टे्बाजी गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश आग्रा सिकान्द्रा पञ्चायत घर भइ टोखा ग्राण्डी बस्ने ४७ वर्षीय हरिस जावा र सोही ठाउँ घर भएका ३८ वर्षीय ऋषि मातन छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार पक्राउ गरेको हो ।

उनीहरूले एनपीएलमा सट्टेबाजी खेलाएको आरोप छ । उनीहरूबाट प्रहरीले ५ थान मोबाइल, १ थान ल्यापटप, ८ थान सीम, राहदानी, आधार कार्ड, भोटिङ कार्ड समेत बरामद भएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *