2024-12-22
टर्कीमा आइतबार हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
दक्षिणपश्चिमी भागमा रहेको एक अस्पतालमा आइतबार हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रान्तीय गभर्नरले बताएका छन्।
मुग्ला प्रान्तका गभर्नर इद्रिस अकबियिकले भने, “उडान भर्ने क्रममा अस्पतालको चौथो तल्लामा ठोक्किएर हेलिकप्टर भुइँमा खसेको र दुर्घटनामा दुई पाइलट, एक चिकित्सक र एक कर्मचारीको मृत्यु भएको छ।”
“बाक्लो हुस्सु लागेको थियो”, अकबियिकले भने, “अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन्।” एनटिभी टेलिभिजन च्यानलले प्रसारण गरेको तस्बिरमा देखाइएझैं मुग्लाको अस्पतालको छतबाट उडान गरी अन्टाल्या शहरतर्फ जाँदै गरेको हेलिकप्टर उडानका लागि उपयुक्त भिजिभिलिटीको कारण दुर्घटना भएको देखिन्छ।