३ डीआईजीको पद रिक्त,

(नेपाल क्राईम)

नेपाल प्रहरीमा ३ नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी रिक्त छ। अहिलेसम्म उमेर हदले अवकाशमा गएका र केही डीआईजीको बढुवा भएपछि ३ पद रिक्त भएको हो।

हालैमात्र डीआईजी अर्जुन चन्द ठकुरी अवकाशप्राप्त बनेका थिए भने डीआईजीद्वय दुर्गा सिंह चन्द र भरतबहादुर बोहरा अतिरिक्त महानिरीक्षकमा बढुवा भएका थिए।

अब उनीहरुको स्थानमा पनि बढुवा गर्ने तयारी थालिएको छ। जसका लागि एसएसपीहरु शक्तिकेन्द्र धाईरहेका छन्। जसमा एसएसपी ओमबहादुर राना अब डीआईजीमा बढुवा हुने एसएसपीको पहिलो नम्बरमा छन्।

यस्तै ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, दिलिप देउवा, अरुण पौडेल र गोविन्द थपलिया लगायतमा मुख्य दाबेदार देखिएका छन्।

त्यसबाहेक हालै मात्रै एआईजी बनेका भरतबहादुर बोहरा पनि केही दिनपछि नै अवकाश हुनेछन्। काठमाडौँ उपत्यका प्रहरी प्रमुख एआईजी किरण बज्रचार्य पनि पुस १५ गतेदेखि अनिवार्य अवकाश हुनेछिन्। उनीहरु दुई जनाको अवकाशपछि हालका दुई डीआईजीहरु एआईजीमा बढुवा हुनेछन्।

त्यसपछि रिक्त डीआईजीको संख्या ५ पुग्नेछ। अनि, एकसाथ ५ जना डीआईजीमा  बढुवा गर्ने सरकारको तयारी छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *