रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ६४ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ६४ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न ।

कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ?

देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै हिंड्ने रसोज तामाङ बागमती प्रदेश नुवाकोट जिल्लाका बासिन्दा हुन् ।

२०७७ साल दोस्रो कोरोना कालमा
अङ्कित डिसी मार्फत सागर थापा र महेन्द्र सिंहशीत रसोज तामाङको नेपालगञ्जमा भेटघाट र चिनाजानी भएको थियो ।

त्यसपछि हरेक हिसाबले सिपालु कुरा गर्ने कलामा पाेख्त भएको उनलेे सागर थापा र महेन्द्र सिंह सहितको परिवारलाई आफ्नो प्रभावमा पार्न सफल भए । अनि बिस्तारै घर परिवारमा घुलमिल भए जो सित पनि छिटो घुलमिल हुन सिपालु उनलेे थापा र सिंहको
घर परिवार र त्यस वरिपरिमा साथी भाइहरुमा आफ्नो राम्रो विश्वास जमाउन सफल भए ।

रसोज तामाङले थापाको मोबाइल नम्बर फेसबुक वाटसप भाईभर दुरुपयोग गरेर विभिन्न जिल्ला र स्थानहरुमा चिर परिचीत ब्यक्तीहरु बाट पैसा मागेर ठगीको कारोबार सञ्चालन गर्ने उनको गुरुयोजना सुरुवात भयो । 

कहाँ को बाट कति ठगेका थिए त रसोज तामाङले ?

नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, हाल तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ निवासी थापाको परिवार र ससुरालीबाट भाईलाई बिदेश पठाउने र बहिनीको बिवाहाको लागी भन्दै आफू अमेरिका जानलाई अफर लेटर आएको छ । भनेर देखाउदै पैसा सापत लिएर आफ्नो घर परिवारको नाममा र आफ्नो खातामा लाखौं रुपैया सुनको गरगहना सहित ४४ लाख रकम ठगी गरेको छन ।

यस्तै बाँके जिल्ला नेपालगन्ज निवासी महेन्द्र सिंहको घर परिवारबाट साथीहरूबाट बहिनी बिरामी भएको र अप्रेसन गर्ने भनेर बहिनीको बिवाहा लागि सुनको गरगहना सहित २० लाख बराबरको रकम ठगी गरेका छ्न ।


महेन्द्र सिंहको दाइ उपेन्द्र प्रताप सिंहले रसोज तामाङको बहिनीको बिवाहाको लागि भनेर सुन र पैसा लगेको बिल र ईसेवा मोबाइल बेकिङ्ग गरेको प्रमाणहरु पनि सुरक्षित छ। हाल रसोज तामाङ फरार रहेको पीडितहरुले जानकारी गराएका छन् ।

साथै पीडितहरुले काठमाडौं उपत्यका अपराध अनुसन्धान नयाँ बानेश्वरमा उजुरी पनि दिइसकेको र हाल नेपालगन्ज प्रहरी बाँकेमा ठगीको उजुरी दिएको छन । रसोज तामाङले थापा र सिंहको परिवारलाई श्रावण महिनादेखि मङ्सिर २१ गतेसम्म पटकपटक फोन र मेसेज गरेर पीडितले आफुहरुसंग विभिन्न बहाना गरेर लगेको सुनको गरगहना पैसा माग्दा दिन्छु दिन्छु भन्दै (समाचार र प्रहरीमा) नजान भनेर झुलाएको मोबाइलमा गरेको कुराकानी रेकर्ड भिडियो विभिन्न ब्याक्तीको चेक बैंकको कर्मचारीको भिडियो मेसेज वाटसपमा गरेको कुराकानी र अहिलेसम्म नदिएको झुठो बोलेका प्रमाणहरु सबै सुरक्षित रहेका छ्न । रसोज तामाङले जो जतिलाई खातामा ईसेवा मोबाइल बेकिङ्ग मार्फत पैसा पठाएको प्रमाणहरु लिएर प्रहरीमा उजुरी दिएर सबैलाई प्रहरीमा झिकाउने तयारी पीडितहरुले गरेका छ्न ।

रसोज तामाङ हाल फरार रहेको छ्न(रास्स)

Add a Comment

Your email address will not be published. Required fields are marked *