जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

(नेपाल क्राईम)

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारीजापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पर्सा ठोरी गाउँपालिका-४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने ४५ वर्षीय बिष्णु लोप्चनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

 

 

बिष्णुले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर, ललितपुर महानगरपालिका-१५बाट पक्राउ गरेको हो।

Add a Comment

Your email address will not be published. Required fields are marked *