नेपाल प्रहरीका नयाँ आठ डीआईजी फूली लगाएर पनि जिम्मेवारीविहीन

(नेपाल क्राईम)

नेपाल प्रहरीका नयाँ आठ डीआईजी फूली लगाएर पनि जिम्मेवारीविहीन छन्। उनीहरूलाई बढुवा भएको एक हप्ता बढी हुदा पनि जिम्मेवारी दिइएको छैन।

स्रोतका अनुसार भोलि उनीहरूले जिम्मेवारी पाउने छन्। गत १६ मंसिरमा सरकारले ध्रुबराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई डीआईजीमा बढुवा गरेको थियो।

अब उनीहरूको पदस्थापन र केही प्रदेशका डीआईजी (प्रमुखहरू) को जिम्मेवारीसमेत हेरफेरको तयारी भइरहेको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *