कुवेतमा पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ

(नेपाल क्राईम)                                                                  कुवेतमा पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका ५७ वर्षीय चन्द्र बहादुर आले मगर र मोरङ घर भएका ५१ वर्षीय पुष्प सुनार उर्फ पुष्प विक छन् । फ्री भिषा र टिकेटमा कुवेतमा पठाएर जागिर मिलाइदिने प्रलोभन देखाएर उनीहरुले एकजना महिलालाई २०८१ भदौ २३ मा दुबई पठाएका थिए । दुबईबाट कुवेतस्थित महिला एजेन्टकहाँ लगेर उनीहरुले बेचबिखन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *