एक करोड रूपैयाँ बढीको सुनचाँदी र नगदसहित तीन जना पक्राउ

(नेपाल क्राईम)                                                            भजनी नगरपालिका- ५ स्थित कौवाखेडा सीमा ईलाकाबाट एक करोड रूपैयाँ भन्दा बढीको सुन, चाँदी , नगद तथा अन्य सामानसहित तीन जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । पक्राउ पर्नेमा सुर्खेतको चौकुने गाउँपालिका- १० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका -१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका- ११ बस्ने ३२ वर्षीय महेश सुनार रहेका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *