युवकको ज्यान गएपछि राजमार्ग अवरुद्ध

(नेपाल क्राईम)                                                                        सिराहा चोहर्वा खण्डको भलुवाही चौकमा बुधबार साँझ भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएपछि स्थानीयले बिहीबार बिहानैदेखि राजमार्ग अवरुद्ध गरेका छन्। सिराहा नगरपालिका–११, भलुवाहीका १८ वर्षीय नीरज कामतको स१ ह ७२४ नम्बरको अटोको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो।दुर्घटनापछि आक्रोशित स्थानीयले बिहीबार  देखि सिराहा चोहर्वा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध गरेका छन्। क्षतिपूर्तिको माग राख्दै र घटनामा संलग्न चालक तथा सवारी धनीमाथि कारबाहीको माग गर्दै स्थानीयले प्रदर्शन सुरु गरेका हुन्।घटनास्थलमा प्रहरी परिचालन गरिए पनि प्रदर्शनकारीहरूको माग तत्काल सम्बोधन गर्न नसकिँदा समस्या समाधान हुन सकेको छैन। प्रहरी स्रोतका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *