काठमाडौँको कीर्तिपुरमा नेपाल प्रिमियर लिगको उद्घाटन खेल हेर्न जाँदा च्यापिएर ७ जना घाइते

(नेपाल क्राईम)                                                                      काठमाडौँको कीर्तिपुरमा नेपाल प्रिमियर लिगको उद्घाटन खेल हेर्न जाँदा च्यापिएर ७ जना घाइते भएका छन् । सुरक्षामा खटिएका दुई जना प्रहरी सहित ७ जना घाइते भएका छन । विराटनगर किंग्स र जनकपुर बोल्ट्सबिचको खेल हेर्न जाँदा भिडमा च्यापिएर उनीहरू घाइते भएका हुन् । घाइते हुनेमा रुपन्देही घर भएका २५ वर्षीय जयन श्रेष्ठ, गुल्मी घर भएका २९ वर्षीय शिशिर गौतम, कपिलवस्तुका केशव आचार्य, बैतडी घर भएका केशव नेगी र रुकुम घर भएका प्रेम खड्गी छन् । जुम्ला घर भएका प्रहरी जवान दान बहादुर राउत र धादिङ घर भएका जवान २६ वर्षीय अजय तामाङ घाइते भएका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *