१८ जना बिचौलिया पक्राउ

(नेपाल क्राईम)

बसपार्क एरियामा यात्रुहरूलाई दु:ख दिने १८ जना बिचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।वीरगञ्ज महानगरपालिका वडा नं. १६ बसपार्क एरिया तथा यातायात कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भनी प्रलोभनमा पारी बार्गेनिङ गर्ने र कानुन विपरीत अत्यधिक सेवा शुल्क लिने बिचौलियाहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार दिउँसो साढे १२ बजे जिल्ला प्रहरी कार्यालय पर्साबाट खटी गएको टोलीले अनुगमन गर्दा सो कार्य गर्दै गरेको अवस्थामा फेला पारी १८ जना व्यक्तिहरू नियन्त्रणमा लिइ उनीहरुविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक प्रवक्ता तथा सूचना अधिकारी किशोर लम्सालले जानकारी दिए।

 

Add a Comment

Your email address will not be published. Required fields are marked *