सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका एक जना प्रहरी निरीक्षक निलम्बनमा

(नेपाल क्राईम)

सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका एक जना प्रहरी निरीक्षक निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर धर्मेन्द्र अकौलियालाई निलम्बन गरेको हो ।

पुराना घटनामा फरार सूचीमा रहेकाहरूलाई खोजी गर्ने क्रममा प्रहरी वृत्त, स्वयम्भूले आफ्नै प्रहरी निरीक्षक अकौलिया पनि फरार सूचीमा रहेको फेला पारेको थियो । त्यसपछि उनलाई गएको ४ मंसिरमै जिल्ला अदालत, काठमाडौँमा बुझाएको थियो । अदालतले उनलाई १ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

तर, हालसम्म उनीलाई प्रहरीले निलम्बनमा राखेको काठमाडौँ प्रहरीले जनाएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *